वि.सं:
नेपाल संवत: ११४५ कौलाथ्व नवमी - ९
कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्डबुक र पल्ट रजिष्टरको प्रतिलिपी लिनको लागि देहाय बमोजिमको कागजात संलग्न गरि जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची-२७ को निवेदन कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।
क. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
ख. नेपाली नागरिकताको प्रमाणपुर्जाको प्रतिलिपि,
ग. चालु आ.व. को तिरो तिरेको रसिद,
घ. सरोकारवाला पुष्टि हुने अन्य कागजातहरु,
ङ. निवेदकको नाममा श्रेस्ता कायम नरहेको वा जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएको कित्ताको सन्दर्भमा निज वा निजको नाता-प्रमाणले सरोकार देखिने कागजातहरु वा स्थानीय तहको सिफारिस |